विराटनगर महानगरले आगामी आवका लागि तीन अर्ब ४९ करोड ९८ लाखको बजेट सार्वजनिक

Logo
Nav Nepal सोमबार, आषाढ ११, २०८१
 विराटनगर ,१० असार ः विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि रु  तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमानित आय–व्यय आज सार्वजनिक गरेको छ ।  विराटनगर महानगरपालिकाको आज आयोजित नगर सभाको चौधौँ अधिवेशनमा उपप्रमुख शिल्पानिराला कार्कीले प्रस्तुत गर्नुभएको हो ।
 प्रस्तुत बजेटमा आय तर्फ आयतर्फ वित्तीय समानीकरण अनुदान सङ्घीय सरकारबाट रु ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट रु दुई करोड ४९ लाख २९ हजार, राजश्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट रु १६ करोड ११ लाख ७६ हजार  १२६,अन्तःशुल्कबाट रु पाँच करोड ८५ लाख ४१ हजार दुई ७९ आय हुने अनुमान गरिएको छ ।
यस्तै, वन रोयल्टीतर्फ रु पाँच लाख ८२ हजार पाँच सय  ९५ , घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट रु ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट रु तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन कर वापत रु एक करोड, आन्तरिक आयतर्फ रु १ अर्व १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात रु २५ करोड अनुमान गरिएको छ ।
यसैगरी सङ्घीय सरकार सशर्त अनुदान रु ८० करोड ७७ लाख, विशेष अनुदान रु सात करोड ५० लाख समपुरक अनुदान रु एक करोड १० लाख ,प्रदेश सरकार सशर्त अनुदान तर्फ रु तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान रु दुई करोड गरी कुल रु तीन अर्व ४९ करोड ९८ लाख ८६ हजार हुने गरि प्रस्तावित अनुमानित आय प्रस्तुत गरिएको छ ।
व्यय तर्फ  सञ्चालन तथा प्रशासनीक खर्च रु ५९ करोड, ऋणको सावा ब्याज भुक्तानी रु पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी रु तीन करोड ३४ लाख  ८३ हजार  समपूरक कार्यक्रम रु छ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३  करोड तीन लाख १२ हजार खर्च हुने अनुमान छ ।
वहुबर्षिय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरुको भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ रु पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मत सम्भारतर्फका लागि रु चार करोड ५० लाख, मर्मत सम्भारतर्फका लागि रु १० करोड तथा भारी सवारी साधन खरीदका लागि रु दुई करोड बजेट विनियोजन उपप्रमुख कार्कीले बजेट मार्फत जानकारी दिनुभएको हो ।
यस्तै सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ रु ७८ करोड ७८ लाख एक हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षीत कार्यक्रमतर्फ रु ९९ लाख ५७ हजार, संघसंस्थातर्फ रु दुई करोड ७० लाख, लक्षित वर्ग कार्यक्रम( आदिवासी जनजाति, दलित, मधेशी तथा यौनिक तथा अल्पसङख्यक)तर्फ रु ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रम तर्फ रु ९५ लाख ८४ हजार, खेलकूद विकास कार्यक्रमका लागि रु एक करोड आठ लाख, रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ रु ७० लाख ४६ हजार, ज्येष्ठ नागरिक तर्फ रु नौ लाख ९५ हजार छुट्याइएको छ।
यस्तै अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ रु २८ लाख आठ हजार, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकासतर्फ रु एक करोड तीन लाख, पशुपंक्षि तथा भेटनरीतर्फ रु एक करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ रु २४ लाख, उद्यमशील विकासतर्फ रु ५० लाख, उपभोक्ता हित संरक्षणका लागि रु आठ लाख ५० हजार, पर्यटन प्रवद्र्धनका लागि रु एक करोड ९४ लाख  विनियोजन गरिएको छ।
यस्तै वन  वातावरण तथा विपद व्यवस्थापन क्षेत्र अन्तर्गत विपद व्यवस्थापनतर्फ रु एक करोड २० लाख वन वातावरण तथा जैविक विविधतातर्फ रु ३५ लाख ५० हजार तथा सरसफाई कार्यक्रमतर्फ रु एक करोड ३० लाख विनियोजन गरिएको छ।
यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गत राजश्व सुढृदीकरणतर्फ रु ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि रु ४० लाख, शहरी विकासतर्फ रु ९० लाख, सूचना तथा सञ्चारका लागि रु ६० लाख सूचना तथा प्रविधि तर्फ रु ८० लाख विनियोजन भएको छ ।
साथै  सुशासन तथा सेवा प्रवाहका लागि रु एक करोड आठ लाख ४५ हजार, कानून तथा न्यायतर्फ रु ७२ लाख ५० हजार, फोहोरपानी प्रशोधन केन्द्रतर्फ रु दुई करोड ९५ लाख भूउपयोग आवास तथा बस्तीविकास कार्यक्रमतर्फ रु ८५ लाख ४९ हजार, विद्युत्तिकरण कार्यक्रमका लागि रु दुई करोड नौ लाख र नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि रु ३५ करोड गरी कुल रु तीन अर्व ४९ करोड ९८ लाख ८६ हजार प्रस्तावित अनुमानित व्यय  प्रस्तुत गरिएको छ ।
सामाजिक विकासतर्फ
महानगरपालिका गत आर्थिक वर्ष कक्षा १ देखि ५सम्मका १२ हजार विद्यार्थीलाई दिवा खाजाको व्यवस्था,महानगर बहुप्राविधिक शिक्षालयतर्फ न्यून शुल्कमा २५५ जनालाई विद्यार्थीलाई डिप्लोमा इन इन्जिनियरिङतर्फ तीन वटा विषयमा अध्ययन गरिरहेका ,छोरी बचाउ तथा छोरी पढाउ अन्तर्गत १९२ जनाले सुविधा प्राप्त गरेको,८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको घरमा निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत ८८१ जनालाई सेवा प्रात गरेको ,एकीकृत स्वास्थ्य सेवा अन्तर्गत १९ वटा वडाका पाँच हजार २१ जनाले सेवा प्राप्त गरेका छन् ।
आर्थिक विकासतर्फ
 मकैको बीउ ९९० केजी, उन्नत गहुँको बीउ १४ हजार ६०० केजी,धानको विउ १७ हजार ५०६ केजी ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ भने तरकरीमा  एक हजार २०० प्याकेट विउ शतप्रतिशत नगर क्षेत्रका किसानहरुलाई उपलव्ध गराइएको छ।
पूर्वाधार विकासतर्फ
वहुवर्पाीय योजना र वडास्तरीय योजना सहित चालु आवको जेठ मसान्तसम्ममा जम्मा सात दसमलव ५१ किलोमिटर कालोपत्रे,१५ दशमलव ४४ किमि ग्राभेल, छ दशमलव २५ किमि सडक ढलान, ,२२ दशमलव ७७ किमी नाला, १६ दशमलव ३१ किमि रिटेनिङेवाल, कल्भर्ट १०८ वटा, ड्रेन कभर १३ हजार ३११ वटा र भवन निर्माण तथा मर्मत ७६ वटा निर्माण सम्पन्न गरी पूर्वाधारको क्षेत्रमा सफलता हासिल गरिएको छ।
कूल महानगरपालिकाको रु ६७ करोड नौ लाख ७२ हजार  बेरुजु रकममा  रु २३ करोड ८३ लाख फरछ्यौट गरि  सुशासनका  क्षेत्रमा राम्रो काम भएको बताइएको छ।
यसैगरी महानगरले स्वास्थ्य नीति, शैक्षिक विकास, बालबालिका, महिला, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा तथा पञ्जिकरण, पशुपक्षि विकास, सहकारी, रोजगारी, उद्यमशिलता, उपभोक्ताहित,भौतिक पूर्वाधार, वित्तीय व्यवस्थापन, विपद व्यवस्थापन, सरसफाई र वन वातावरण एवं  आर्थिक प्रशासनका क्षेत्रमा  महत्वपूर्ण उपलव्धि हासिल गरेको छ।
‘ हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर ’ नारा सहित स्वास्थ्य नीति तर्फ सुलभ फार्मेसीको स्थापना तथा सञ्चालन गरिने, सबै वडामा मोतियाविन्दु मुक्त महानगरपालिका कार्यक्रम सञ्चालन गरिने,गरीव विपत्र, तथा बेवारिसेहरुका लागि निशुल्क वेड तथा स्वास्थ्य सेवा प्रवाह गराउन समन्वय गरिने छ।
सन् २०३० सम्ममा बाल विवाह मुक्त महानगरपालिका घोषणा गर्ने,लैङ्गिगक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालाई सबै वडामा सेवा विस्तार गरिने,नगरका व्यस्त सडकहरुमा ट्राफिक लाइट जडान गरी व्यवस्थापन गर्ने, पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिने  छ।
यसैगरी नगर भित्र २४ घण्टा निगरानी गर्ने बजार क्षेत्रका महत्वपूर्ण स्थापनहरुमा नयाँ थप सिसि क्यामरा जडान गरिने , हरियाली नगर बनाउनका लागि मालिको व्यवस्था गरिने छ।
यसअघि अधिवेशनको उद्घाटन महानगर प्रमुख नागेश कोइरालाले गर्नु भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077