तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

Logo
Nav Nepal मंगलबार, साउन ०१, २०८१

 

विराटनगर,१ साउन ः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक वाटो इजाजत राजश्व संकलन केन्द्रको संयुक्तरुपमा उद्घाटन गर्नु भयो ।
सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनका साथै यहाँबाट भारतीय सवारी साधन सानो चारचक्केको रु पाँच सय र ठूला सवारी साधनको रु एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारी साधनलाई प्रतिकिलोमिटर रु दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ ।
केन्द्रले विराटनगरबाट वार्षिक रु ४० देखि ५० करोड राजश्व संकलन गर्ने अनुमान गरेको छ ।
सो अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारी साधनले सहज र सरल रुपमा सेवा प्राप्त गरी सुचारु रुपमा गन्तव्यमा पुग्ने सक्ने बताउनु भयो ।
उहाँले इजाजतबाट स्वदेशी तथा विदेशी सवारी साधानलाई बोटोमा कुनै किसिमको वाधा, व्यवधान र झण्झट वेहोर्नु नपर्ने विश्वास समेत व्यक्त्त गर्नु भयो ।
मन्त्रालयका निमित्त सचिव विश्वदिप वेस्रा र यातायात सेवा कार्यालय विराटनरका प्रमुख पाक्रम खाँले केन्द्रको स्थापनाबाट सरोकारवालाहरुलाई प्रदेशभरी सहज रुपमा सवारी सञ्चालन हुने विचार राख्नु भयो ।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077