विराटनगर ३ साउन । विराटनगर महानगरपालिकाले महिला तथा स्त्रीरोग संवन्धि नि ः शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुई पटक विहान ११ देखि दिउँसो २ वजे सम्म वडा कार्यालयबाट सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । वडाध्यक्ष पोखरेलका अनुशार विहीबार पहिलो दिन ७ गर्भवती र ५ जना पाठेघर समस्या भएका गरि १२ जनाले सेवा लिएका छन् ।
सेवाग्राहीहरुलाई विराट नर्सिङ होमका डा. डा. भानुभक्त न्यौपानेले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्यहरु पवित्रा विक, मो. अब्बास, भुवन राजवंशी लगायतको उपस्थिति रहेको थियो । –––