कारगारलाई सुधार र सिकाई केन्द्रको रुपमा लिनुपर्छ– मुख्यमन्त्री कार्की

Logo
Nav Nepal आइतबार, माघ २८, २०८०

विराटनगर,२८ माघ ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागार सुधार र सिकाई केन्द्र रहेको रुपमा लिनु पर्ने बताउनु भएको छ।
जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित डवल डेकर(खाट) कैदीबन्दीहरुलाई हस्तान्तरण गर्दै उहाँले यहाँबाट सिकेको ज्ञान र शिपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न सुझाव दिनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले कारगारमा दिइने परम्परागत शिपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको जानकारी दिदै बन्दीहरुद्वारा उत्पादित बस्तु एवं सामग्रीको बजारको सहज पुहँच पु¥याउने दृढता व्यक्त्त गर्नु भयो ।
उहाँले प्रदेश सरकार बन्दीहरुको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानूनी सहायताका सम्वन्धमा चाँडै अवधारणा ल्याउने जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलको रुपमा सम्झन आग्रह गर्दै यहाँबाट सिकेको शिपलाई साना उद्यमीका रुपमा बन्नका लागि आवश्यक पूँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहालले कैदीबन्दीको सेवा सुविधा वृद्धि,थप बजेटको व्यवस्था, नीति निर्माणमा जोड दिएको बताउनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ कारागारका प्रमुख कृष्णहरि न्यौपाने कैदीबन्दीको सेवा सुविधा वृद्धिका लागि आवश्यक पहल गर्ने विचार राख्नु भयो ।
सो अवसरमा कैदीबन्दीहरुले महानिर्देशक दाहाल समक्ष आफ्नो समस्या राखेका थिए ।
मोरङ कारागारमा हाल ९९ महिला( चार जना बालबालिका आश्रित ) सहित एक हजार ३८ कैदीबन्दी रहेका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077