विराटनगर, १६ साउन ः कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूले सरकारको नेतृत्व गरेको समयमा ल्याएको जनप्रीय योजना वर्तमान सरकारले हटाएकोमा विरोध जनाउनु भएको छ ।
संसदीय पत्रकार मञ्च विराटनगरको कार्यकक्षमा पत्रकारहरुसँग आज कुराकानी गर्दै उहाँले सरकार अविछित्र उत्तराधिकारी संस्थासमेत भएकाले मानव केन्द्रित विकासका लागि शुरुवात भएका कार्यक्रम लागु हुनु पर्ने कुरामा जोड दिनुभयो ।र
उहाँले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, जसको जङ्गल उसको मङ्गल‘ जनावर मैत्री जङ्गल’, महिला स्वयं सेविकालाई प्रोत्साहन कार्यक्रम, केशलिया करिडोर निर्माण, शैलजा आचार्य हृदयकेन्द्र रोगक केन्द्र स्थापना तथा सञ्चालन, विपत्र विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिद ब्याज अनुदान र प्रदेशमा सगरमाथ दिवस जस्ता विगतका सरकारका योजना लागु हुनु पर्ने भत्रुभयो ।
पूर्वमुख्यमन्त्री कार्कीले आफ्ना माग बजेटमा समावेश नभए सङ्घर्ष गर्ने चेतावनी पनि दिनुभएको छ ।–––