विराटनगर,१७ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको बताउनु भएको छ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक बर्ष २०८०–८१ को दुई दिने बार्षिका समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रभावमार्फत सक्षम बनाइ प्रदेश संरचना आवश्यक भएको अनुभुति गराउन कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
मुख्यमन्त्री कार्कीले सङ्घ, प्रदेश र स्थानीय संरचना राष्ट्र र जनतालाई लागि भएकोले प्रदेशलाई स्थापित गराउन हामी जिम्मेवारीपूर्व लाग्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न कृषकलाई उत्पादनको समर्थन मूल्य तोक्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
उहाँले सरकारले कृषि उद्योगको स्थायीत्व, उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि व्याजमा अनुदानको व्यवस्था गरेको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने आवश्यक्ता औल्याउँदै बेरुजु फछर्यौट गर्न निर्ममतापूर्वक लाग्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी रुपमा कायम गरी जनताको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
मन्त्रालयका सचिव डा लेखराज दाहालले सहकारीको माध्यमवाट कृषिमा आधारित उद्योग स्थापना गरी जनताको जीवनस्तर उकास्नु पर्ने धारणा राख्नु भयो ।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय अन्तर्गतका १४ जिल्लामा रहेका ४८ कार्यालयले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।(फोटो उपलव्ध छ)–––