उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कृषि एक्स्पो हुँदै

Logo
Nav Nepal बिहिबार, साउन १७, २०८१

विराटनगर १७ साउन । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्ने भएको छ ।

कृषि, उद्योग तथा पशुपालनको बृहत प्रर्दशनी गर्ने उद्देश्य सहित आगामी भदौ २७ देखि ३० गतेसम्म कृषि थोक बजार कटहरीमा कृषि मेला हुने उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारी (राधारमण) ले जानकारी दिनुभयो ।

मेलामा कृषि उत्पादनका स्टलमात्र राखिनेछ । कृषि क्षेत्रको विकासका लागि टेवा दिनु कृषि मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । मेलामा चिया, फलफूल, खाद्यान्नलगायतका धेरै प्रकारका कृषि उत्पादनका स्टलहरु रहने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
manojdahal21@gmail.com
9842020077