विराटनगर,२९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्यमी बिना सरकार सञ्चालन हुन नसक्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको छौठो प्रदेश सभा बैठकको आज यहाँ उद्घाटन गर्दै सरकार र व्यवसायी एक अर्काको अङ्ग भएकोले यसलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्क्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले सबै उद्यम र व्यवसायले रोजगारी,राजश्व र ऐन कानून नियम पालना गरेको हुनाले यो सरकारको हो भन्दै उद्यमीहरुलाई सहजीकरण गर्न एकद्वार प्रणालीमा जाने घोषणा समेत गर्नु भयो ।
उहाँले यस क्षेत्रका दुगर्म पहाडी ,ग्रामिण तथा औद्योगिक उत्पादनको बजारका लागि आवश्यक रहेको प्रदेर्शनी स्थल विराटनगरमा निर्माणका लागि आवश्यक तयारी शुरु भैसकेको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले कृषकलाई समृद्धि बनाउने अलैचीको व्यवसायीक बजारका लागि तेस्रो देशमा सहज पुहँच पु¥याउन आवश्यक छलफल शुरु गरिएको जानकारी दिनु भयो ।
उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रका उद्यमीलाई साथमा लिएर हिड्ने प्रण गर्दै प्रदेशमा प्रतिव्यक्ति आम्दानी वृद्धिका लागि कृषिको आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो ।महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेश लगानी प्राधिकरणमा नीजि क्षेत्रको अनिवार्य सहभागिताको व्यवस्था हुनुपर्नेमा जोड दिदै निजी क्षेत्रलाई प्रोत्साहन तथा लगानीकर्तालाई सहज वातावरणमा सरकारले नीति नियमको प्रभावकारी कार्यान्वयनको लागि सुझाव दिनु भयो ।
समारोहमा कोशी प्रदेश सरकारका निमित्त प्रमुख सचिव केदारनाथ शर्मा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषि उत्पादन वृद्धि र दुग्धजन्य पदार्थको निर्यातकोलागि महासंघले आवश्यक सुझाव दिन आग्रह गर्नु भयो ।
महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल,अलैची व्यवसायी निर्मल भट्टराई र इटहरी अध्यक्ष जीवन पराजुलीले मुलुकमा आर्थिक चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन र विकास खर्चमा वृद्धि गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।–––