पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठानबाट रु एक लाख सहित डा रुइत सम्मान

Logo
Nav Nepal बिहिबार, साउन २४, २०८१

विराटनगर,२४ साउन ः प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज यहाँ एक समारोह वीच पुरस्कारबाट सम्मान गरिएको छ।
पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनु भएको डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताउनु भयो ।
उहाँले हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोवास गर्ने नागरिक बीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राख्नु भयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनु भएका डा रुइतलाई सम्मान गर्न पाँउदा ज्यादा खुशी लागेको बताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरि नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासमा कार्य गरिरहेको विचार व्यक्त्त गर्नु भयो ।
सम्मानित व्यक्तित्व डा रुइतले सम्मानबाट ज्यादै खुशी भएको छु भन्दै मुलुकमा जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमन सहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिनु भयो ।
प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल,सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077