विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

Logo
Nav Nepal आइतबार, साउन २७, २०८१

विराटनगर / विराटनगर ९ सन्सारीमाइस्थानस्थित विराट क्याम्पसले विद्यार्थीलाई विदाई तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विदार्इ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम आयोजना गरेको हो ।

बीबीएस चौथो वर्षमा अध्ययरत ३३ औं ब्याजका २९ जना विद्यार्थीहरुलाई कलेजले विदाई गरेको छ । यसैगरी कक्षा ११ मा व्यवथापन संकायमा नयाँ भर्ना भएका १३३ जना विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पसका प्रिन्सिपल आरसि कोइरालाले जानकारी दिए । कक्षा ११ र १२ को ब्यवस्थापन। विविएस र एसिसिएमा गरि ७०० जना विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

२०४८ सालमा स्थाप भएको विराट कलेजलाई सोम्स कलेजको रुपमा पनि परिचित रहेको छ । कार्यक्रममा बोल्दै साहायक क्याम्पस प्रमुख रोशन घिमिरे विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको बताए । यो क्याम्पस विगत ६ बर्षदेखि नयाँ व्यवस्थापनले संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए ।

सोही अवसरमा सेवानिवृत २ जना शिक्षकलाई सम्मान पनि गरेको छ । यसैगरी शिक्षकद्वय महेश्वर दाहाल र ईन्द्रलाल ठाकुर लाई सममान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि त्रिविका क्षेत्रिय सह परीक्षक नियन्त्रक डा. डिल्ली प्रसाईले विद्यार्थीहरुलाई संस्कारसहितको रोजगारमुखि शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077