विराटनगर ,१ भदौ । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा–१०मा आजदेखि संचालनमा आएको छ ।
विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त उक्त्त कन्सलटेन्सी खुलेको छ।
ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले गर्नु भयो ।
आगामी एक महिना भित्र ब्रिजले आफ्नो शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खोल्ने कार्यक्रम रहेको सोही अवसरमा जानकारी दिइयो ।
विराटनगरमा छैठो शाखाको स्थापना भएकाले यसबाट यस क्षेत्रका विद्यार्थीहरु विदेश अध्ययन गर्न विश्वासिलो आधार तयार भएको छ।
ब्रिजले विदेश जाने विद्यार्थीहरुलाई विगत नौ बर्षदेखि शैक्षिक परार्मश दिदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिनु भयो
अहिले युरोप र अमेरिका विभिन्न सात बटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उहाँले बताउनु भयो ।
ब्रिजमार्फत परामर्श लिएर विद्यार्थीहरु अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानडा , फ्रान्स लगायतका देशमा जाने गरेका छन् ।
ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारि, बसोवासको सुनिश्चितता गर्दै आएको छ । अहिलेसम्म ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उहाँले जानकारी दिनु भयो । अध्ययनका विद्यार्थीहरु अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् ।
‘यो बर्षमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको देशभरीमा पाँच शाखा कार्यालयहरु खुलेको छ । बिद्यार्थीलाई भीषा पछि अतिरिक्त सुविधा दिने गरिएको छ । उनीहरुलाई विदेशको विमानस्थलमा लिन आउनुका साथै अन्य सुविधाहरु प्रदान गर्ने गरेको उहाँले बताउनु भयो ।
उद्घाटन समारोहमा नेपाल शैक्षिक परामर्श संघ अध्यक्ष भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको ठूलो भूमिका रहेको बताउँदै सही परामर्शसाथ विद्यार्थी अध्ययनका लागि जान आग्रह गर्नु भयो ।
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, ब्रिज युकेका प्रमुख एन्डि हप्किन्स, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीप कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटी लगायत सही शैक्षिक परामर्शमा ब्रिज उत्कृष्ट रहेको विचार राख्नु भयो ।सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागि भएका विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।–––