राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ ः मुख्यमन्त्री कार्की

Logo
Nav Nepal मंगलबार, भाद्र ११, २०८१

 

विराटनगर,११ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनु भएको छ।
भगवान राधाकृष्ण रथयात्राको आज अपरान्ह शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो , ‘ रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकोमा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिनु भयो ’ ।
उहाँले सनातन धर्म संस्कृतिको रक्षा गर्नु पर्छ भन्दै मुलुकमा वसोवास गर्ने सम्पूर्ण जातजातिका धर्म संस्कृति हाम्रो सम्पत्ति भएकोले यसको संरक्षण र प्रष्फुटन गराउन सदैव कार्य गर्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राख्नु भयो ।
उहाँले यो रथयात्रा विश्व शान्ति , मानव जातिको हित र प्राणीजगतको रक्षाका लागि भएको चर्चा गर्दै विश्वका देखा परेका जलवायु परिवर्तन समस्या समाधान, पुथ्वीको रक्षा र मानवजातिको पक्षमा रहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
विराटनगर महानगरपालिकका प्रमुख नागेश कोइरालाले भगवान राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलव्ध गराउने बताउनु भयो ।
रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३ औँ संस्करण यो रथयात्रा एशियाको दोस्रो ठूलो भएको जानकारी दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077