महिला उद्यमीलाई विकास गर्न आवश्यक सहयोग गर्ने–मुख्यमन्त्री कार्की

Logo
Nav Nepal शुक्रबार, भाद्र १४, २०८१

 

विराटनगर,१४ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको विकासलाई अगाडि बढाउन आवश्यक सहयोग एवं प्रोत्साहन प्रदान गर्ने बताउनु भएको छ।
मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा विराटनगर–९स्थित सिटी प्यालेसमा आयोजना गरिएको तीन दिने ‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत यस क्षेत्रमा महिला उद्यामीहरुको वृद्धिका लागि आवश्यक नीति ल्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो, ‘महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागिता गराएमा समाज र मुलुकमा आर्थिक समृद्धि कायम हुने छ ’।
उहाँले प्रदेश सरकारको नीति महिला उद्यमी व्यवसायीहरुलाई सम्मान एवं प्रोत्साहन गर्नु रहे अनुसार गत असारमा १४ जिल्लाका महिलालाई नगद सहित सम्मान गरेको स्मरण गर्दै आगामी दिनमा सम्मान गर्ने महिलाहरुको सङ्ख्यामा थप गर्न आवश्यक निर्देशन दिएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो ,‘ महिलालाई आर्थिक क्षेत्रमा समान जिम्मेवारी दिएमा मुलुकमा रोजगारी एवं आर्थिक क्षेत्र चलायमान हुने भएकोले राज्यले यस तर्फ विशेष ध्यान दिने छ ’ ।
विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले महिलालाई स्वरोजगार बनाउन यस वर्षदेखि विविध किसिमका सीपमुलक तालीम केन्द्रको सञ्चालन गर्न लागेको जानकारी दिनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई,संघका अध्यक्ष अनुपम राठी , नारी उत्सवकी संयोजक श्रृति शर्मा, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल वल्र्ड आश्माकुमारी केसीले यस प्रकारको मेलाको आयोजनाले महिलालाई उद्यम क्षेत्रमा आउन प्रोत्साहन गर्नुका साथै मुलुकमा आर्थिक चलायमानमा सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
विहान १० बजेदेखि वेलुकी ८ बजेसम्म सञ्चालन हुने उक्त मेलामा महिलाद्वारा उत्पादित विभिन्न सामाग्रीका ५५ बटा स्टल रहेका छन् ।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077