कोशी प्रदेश सभा बैठक ः प्रदेश निजामती सेवा ऐन सैद्धान्तिक छलफल

Logo
Nav Nepal शनिबार, भाद्र १५, २०८१

विराटनगर, १५ भदौ ः कोशी प्रदेश सभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका निर्णयार्थ सदनमा प्रस्तुत गर्दा ’ सर्वसम्मतले पारित भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सो प्रस्ताव सदनमा पेश गर्दा सभामुख अम्बरबहादुर विष्टले सैद्धान्तिक छलफल लागि निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतले पारित भएको हो ।
उक्त संशोधन विधेयकको सैद्धान्तिक छलफल भाग लिदै प्रदेश सभा सदस्य रामदेव यादवले विधेयकमा जनसङ्ख्याको आधारमा आरक्षण हुनु पर्ने सुझाव दिनु भयो ।
भुपेन्द्र राईले संशोधन विधेयकमा समानता रहेको विचार राख्नु भयो ।
यस्तै प्रदीपकुमार सुनवारले विधेयकले राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोवल कायम राखी प्रदेशमा सुशासन कायम राख्न सहयोग पुग्ने धारणा राख्नु भयो ।
शोभा चेम्जोङ्गले विधेयकबाट जनतालाई चुस्त, दुरुस्त र सहज रुपमा सेवा दिन सहयोग पुग्ने बताउनु भयो ।
गेम्बु शेर्पाले सरोकारवालाहरुसँग वृहत छलफल गरी संशोधन विधेयक ल्याउनु पर्ने सुझाव दिनु भयो ।
विदुर कुमार लिंथेपले कर्मचारीहरुको वृत्ति विकासमा विधेयकले ढोका खोलेको विचार राख्नु भयो ।
रमेशकुमार बस्नेतले ऐनहरु आवश्यक्ता अनुरुप संशोधन हुनुहुँदै जानु पर्छ भन्दै यसले कर्मचारीलाई मनोबल उठाउने विश्वास व्यक्त्त गर्नु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले सैद्धान्ति छलफलमा उठेका जिज्ञासामा जफाव दिदै विधेयक समयानुकल परिमार्जन गर्न ल्याएको बताउनु भयो ।
उहाँले विधेयकले स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुलाई चुस्तदुरुस्त एवं जनमुखी बनाउन सहयोग पुग्ने विचार राख्नु भयो ।

शून्य समय
प्रदेश सभा सदस्यहरुदुर्गा प्रसाद चापगााई, राधाकृष्ण खनाल, तारादेवी ढकालले हालै आएको वाढी पहिरोबाट पीडित भएका परिबारलाई भएको जनधन क्षतिमा पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलव्ध गराउन माग गर्नु भएको छ। सभाको बैठक भोलि बिहान दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
manojdahal21@gmail.com
9842020077