महिला क्रिकेट खेलाडीको आत्मबल बढाउन कार्यशाला

Logo
Nav Nepal शनिबार, भाद्र १५, २०८१

विराटनगर । महिला क्रिकेट खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले विराटनगरमा एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । विराटनगरमा शनिबार उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई क्रिकेट बिथआउट बाउन्डिरजको हेड अनुगमन र मूल्याङ्कन प्रमुख युकेकि सरा बगले प्रशिक्षण दिएकी थिइन् । उनी पिएचडी गर्न नेपाल आएकी हुन् । उनी महिला क्रिकेट क्षेत्रको विकास र लैंगिक समानतको पक्षमा अहिले रिसर्च गर्दै आएकी छिन् । उनको नेतृत्वमा अहिले कोशी र मधेश प्रदेशमा महिला खेलाडी उत्पादन गर्नुको साथै खेलकुद क्षेत्रबाट उनीहरुलाई आत्मबल बृद्धी गराउन लागि परेको नेपाल क्रिकेट फाउन्डेसनका मन्दिप साहले बताए । ‘क्रिकेटको क्षेत्रबाट महिला खेलाडीहरुको सशक्तीकरण गराउनु उद्देश्यले पनि यो कार्यशाला गरिएको हो,’ उनले भने, ‘आगमी दिनमा कस्तो कार्यक्रमहरु गर्न सकिन्छ । त्यसको योजना बनाउन महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुलाई बोलाएर यो कार्यशाला गरिएको हो ।’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077