विराटनगर,१८ भदौ ः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशी भएको बताउनु भएको छ।
पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित अभियन्ता अभिमूकिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङघीयतालाई संस्थागत गर्र्नु पार्टीको मुख्य जिम्मेवारी रहेको बताउनु भयो ।
अध्यक्ष यादवले भन्नु भयो, ‘राज्यद्वारा प्रदान गरिने अवसरमा सबै जनताको पहुँच पु¥याउनु पार्टी अभियानको रुपमा लाग्ने छ ’ ।
उहाँले मुलुकमा देखिको महँगी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने कार्यमा पार्टी निरन्तर रुपमा खवरदारी गर्ने विचार राख्नु भयो ।
पार्टीका सह अध्यक्ष रकम चेम्जोङ्गले ठूला दुई दलका कारण मुलुकमा राजनैतिक अस्थिरता कायम भएको आरोप लगाउनु भयो ।
पार्टीका केन्द्र महासचिव रामकुमार शर्माले पिछडिएका क्षेत्रमा वसोवास गर्ने जनताको राज्यको नीति निर्माण पहँुच पु¥याउने कार्यमा लाग्ने बताउनु भयो ।
पार्टीका उप महासचिव रेखा यादव, केन्द्रीय कार्यकारणी सदस्य जयराम यादव,केन्द्रीय सदस्य संजय सिंह र जिल्ला अध्यक्ष राजकमार यादवले संविधानमा रहेको समानुपातिक र समावेशीका सम्बन्धमा कुनै सम्झौता नहुने दृढता व्यक्त गर्नु भयो ।
अभिमुखीकरणमा कार्यक्रममा प्रदेशका आठ जिल्लाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।–––