सरकार बिस्तारमा अझ केही समय लाग्ने ः मुख्यमन्त्री कार्की

Logo
Nav Nepal बुधबार, भाद्र १९, २०८१

 

विराटनगर , १९ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ ।
आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार बिस्तार हुने जानकारी दिनुभयो ।
उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भत्रुभयो “काँग्रेसको हिँडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।”
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरुको नमावली नदिएका कारण सरकार बिस्तारमा केही ढिलाइ भएको बताउँदै अब चाडै मन्त्रिपरिषद् बिस्तार हुन्छ भत्रुभयो ।
मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ सरकार बिस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारवाहीमा असर पर्छ, जति चाडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधार तर्फ लाग्ने र विकासका योजनाहरुलाई तीव्र गतिमा अघि बढ्नेछ ।’
फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गर्नुभयो । उहाँले भत्रुभयो “अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढङ्गले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।”–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077