‘मानवसेवा आश्रमका आमाहरुसित महानगर प्रमुख कोइराला नृत्य गर्दै दर खुवाउनु भयो’

Logo
Nav Nepal बिहिबार, भाद्र २०, २०८१

विराटनगर,२० भदौ ः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज साँझ विराटनगर–१० तीनटोलियास्थित मानवसेवा आश्रममा बसोवास गर्ने आश्रितहरूसित नृत्य गर्दै तीजको दर खुवाउनु भयो ।
महानगरपालिकाले तीजका अवसरमा आश्रम परिसरमा आयोजना तीजको उपलक्ष्यमा आयोजित कार्यक्रम प्रमुख कोइरालाले आश्रित आमा र दिदीबहिनीहरूसित नाचेर खुसी साट्नु भएको छ । नेपाली महिलाहरूको महान चाड तीजमा आश्रित दिदीबहिनीहरूसित रमाइलो गर्ने र उनीहरूको भित्र रहेको पीडालाई भुलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महानगरले जनाएको छ ।
महानगरपालिका मानवसेवा आश्रमको संरक्षक समेत रहेको छ । महिला र पुरुष राख्ने दुई भवनको घरवहाल महानगरले भुक्तानी गर्दै आएको छ ।
सो अवसरमा प्रमुख कोइरालाले आश्रमको अभिभावकका रुपमा महानगरपालिका छ भन्ने विश्वास दिलाउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।प्रमुख कोइरालाले भन्नुभयो, ‘मानवसेवा आश्रमका लागि महानगरले विगतदेखि नै सहयोग गर्दै आएको छ र भविष्यमा थप सहयोग गर्नेछ ।’
सो अवसरमा आश्रितलाई तीजको दर खुवाउन विशेष परिकार बनाइएको थियो ।
सोही समारोहमा महानगरका तर्फबाट प्रमुख कोइरालाले ८४ थान झुल, ९४ कार्टुन विभिन्न खाजाका सामाग्री वितरण गर्नु भयो ।
नेपालीहरुले मनाउने विभिन्न चाडपर्वको यस प्रकारको कार्यक्रममा महानगरले आयोजना गरिरहेको कार्यक्रम संयोजक पुनमकुमार दाहालले जानकारी दिनु भयो । मानवसेवा आश्रमले महिला र पुरुषलाई बेग्लाबेग्लै स्थानमा राखेको छ ।
तीनटोलियाको आश्रममा दुई वर्षका बालबालिकादेखि ९२ वर्षका ज्येष्ठ महिलाहरूले आश्रय लिएको प्रविण खड्काले जानकारी दिनुभयो । त्यस्तै वन कार्यालय छेउको आश्रममा ७० जना पुरुषलाई राख्ने व्यवस्था मिलाइएको आश्रमकी पार्वती तिवारीले बताउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077