विराटनगर , २० भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारको समन्वय एवं फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरद्वारा आज यहाँ आयोजित ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भत्रे जस्ता तथ्यहीन टिप्पणी हुने गरेको बताउनुभयो ।
सङ्घीयता आएपछि सबै भन्दा बढी विकास निर्माणमा प्रदेश सरकार अगाडि रहेको जिकिर गदै उहाँले विगत ३० वर्षमा हुन नसकेको काम सङ्घीयता आएपछि भएको दाबि गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ प्रचारप्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ, हामी माथि प्रहार भएको छ ।’
मुख्यमन्त्री कार्कीले सात वर्षमै सङ्घीयताको विषयमा खारेजीको धारणा बनाउन नहुने बताउँदै केही अधिकारहरु प्रदेशलाई प्रत्यायोजन हुनै बाँकी रहेको अवस्थामा सङ्घीयता चाहिन्छ कि चाहित्र भनेर जाँच्ने बेला नभएको भत्रुभयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकार भन्दापनि स्तरीय बाटो, पुल लगायतका विकास प्रदेश सरकारले गरिरहेको दाबी गर्दै तथ्य नहेरी प्रदेशको काम छैन भत्रे जस्ता सतही टिप्पणी हुने गरेको बताउनुभयो ।
उहाँले प्रदेश सरंचनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको छ भन्दै यस्ता टिप्पणी गर्नु अघि महालेखा परीक्षकको प्रतिवेदन हेर्न आग्रह गर्नु भयो ।
गएका सात वर्षमा सबै भन्दा बढी सक्रिय भएर प्रदेश सरकारले नै विकास निर्माणको काम गरिरहेको भन्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ यो भनाई र आधारलाई महालेखा परीक्षकको प्रतिवेदनले पनि पुष्टि गरेको छ ।’
सो कार्यक्रममा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक गोपी अछामी र पूर्वसांसद तथा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रकाश पन्थले सङ्घीयता सबलीकरणमा तीन वटै तहको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
सेन्टरका अध्यक्ष डा खिमलाल देवकोटाले सातै प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन सङ्घीय तथा प्रदेश सरकार र दलका नेताहरूलाई बुझाउने जानकारी दिनुभयो ।–––