जुवा खेल्ने नौ जनालाई रु १८ लाख सहित पक्राउ

Logo
Nav Nepal सोमबार, भाद्र ३१, २०८१

 

विराटनगर,३१ भदौ ः मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेल्ने नौ जनाको समुहलाई नगद रकम सहित प्रहरीले पक्राउ गरेको आज जानकारी दिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा आउँदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यले बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले ग्रामथान–४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाटी र टिनको छाना भएको घर)मा जुवा खेलीरहेको अवस्थामा जुवाजन्य बस्तु र नगद रु १८ लाख ४९ हजार पाँच सय सहित नौ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान–४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान–४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका–१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा–१ का ५० बर्षीय जनक कुमार मास्के, सुन्दरहरैचा–३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका– ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका–१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका–१५ का ४५ बर्षीय युबक राई र महोतरी गौशाला नगरपालिका–१ का ४५ बर्षीय महेश साह रहेका छन । प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077