विद्यालयस्तरीय विराटनगर बास्केटबलको उपाधि विकेभीएम र अरनिको

Logo
Nav Nepal सोमबार, भाद्र ३१, २०८१

विराटनगर/ विद्यालयस्तरीय विराटनगर बास्केटबल कपको पाँचौं संस्करणको उपाधि दुई विद्यालयले जितेका छन्।

एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हुन्।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म संचालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६(३५ अंकले पराजित गर्दै उपाधि जितेको छ। त्यसैगरी एभरेष्ट स्कुल तृतीय भएको छ।

त्यस्तै महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६(२४ अंकले पराजित गर्दै उपाधि जितेको छ। त्यसैगरी एभरेष्ट स्कुल तृतीय भएको छ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भईन। भने उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए। सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भईन। उनीहरुले ट्रफी र जर्सी पुरस्कार पाए। त्यसैगरी डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल घोषित भईन। उनीहरुले ट्रफी पुरस्कार पाए।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त, मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई, तेजराज गिरि,नवनित प्रधान, सरोज बस्नेत, सागर ढुंगाना, अनुभव दाहाललगायतले वितरण गरेका थिए।

कार्यक्रम संयोजक दिपेश कटबालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रहेका छन्। यो संस्करणमा होम एण्ड अवे फर्म्याटको लिग प्रणालीमा रहेर प्रतियोगिता संचालन भएको थियो। जसमा प्रत्येक टिमले पहिलो चरणमै ६ खेल खेलेका छन्, ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वीको होम कोर्टमा खेलेका छन्। तर महिलातर्फ भने एउटा टिमले सबै टिमसग प्रतिस्पर्धा गरेका थिए। ूयो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्ने छ, संयोजक कटवालले भने।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
manojdahal21@gmail.com
9842020077