विराटनगर, १ असोज ः विराटनगर १० स्थित आज भगवान भीमसेन मन्दिरबाट खटजात्रा निकालिएको छ।
मन्दिर व्यवस्थापन समितिकाद्धारा आयोजित खटजात्राको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले मन्दिरमा पूजापाठ गरी जात्राको शुभारम्भ गर्नु भयो ।
उहाँले लोकतन्त्रमा सबैजातजातिको धर्म, संस्कृति र भेषभूष र भाषाको संरक्षणमा हुने बताउनु भयो ।
मन्त्री मण्डलले जात्रालाई निरन्तरता दिन र मन्दिरको संरचना निर्माणका आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
विराटनगर –१० सन्सारी माईस्थान स्थित भीमसेन मन्दिरबाट निकालिएको खटजात्रा ट्राफिक चोक, महेन्द्र चोक, भट्टीचोक, शनिमन्दिर,भृकुटी चोक, डिएसपी चोक, अतिथि सदन, कालिमन्दिर चोक, वुधहाट चोकको नगर परिक्रमा पश्चात पुनः मन्दिरमा आई विर्सजन भएको थियो ।
यात्रामा झिःपुच कार्य समिति, विभिन्न संघसंस्थाका आवद्ध प्रतिनिधि, विभिन्न धार्मिक संघसंगठनका प्रतिनिधि, नागरिक समाजको सहभागिता रहेको थियो ।
खटजात्रामा लाखे नृत्य , विभित्र धार्मिक संघसंगठनको झाँकी समेतको सहभागिता रहेको थियो ।
विस २०६८ बाट निकालिएको खटयात्रामा नगरका सम्पूर्ण समुदायको सहभागिता हुने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले प्रत्येक बर्ष जात्रामा नगरवासीको ठूलो सहभागिता हुने गरेकोमा खुशी व्यक्त्त गर्नु भयो ।
झिःपुच विराटनगरका अध्यक्ष भीविस श्रेष्ठले भगवान भीमसेनलाई लक्ष्मीको अवतार मान्ने परम्परा रहेको जानकारी दिदै आफ्नो धर्म ,संस्कृति संरक्षण गर्न युवापुस्ता लाग्नु पर्नेमा जोड दिनु भयो ।