सही विचार र दृष्टिकोणले मात्र प्रदेशवासीको हित हुने ः मुख्यमन्त्री कार्की

Logo
Nav Nepal बुधबार, आश्विन ०२, २०८१

विराटनगर , २ असोज ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सही विचार र दृष्टिकोणले मात्र प्रदेशवासीको हित हुने बताउनुभएको छ ।
कोशी प्रदेश सभाको आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम विस्वासको मत माग्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको यो गठबन्धनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न मद्दत गर्ने भत्रुभयो ।
उहाँले यी ठूला दलको सहकार्यबाट मुलुकमा ठूल–ठूला संघर्ष भई राजनीतिक परिवर्तन भएको प्रसङ्ग उल्लेख गर्दै पछिल्लो समयमा मुलुकमा देखिएको विकृति र विसङ्गतिलाई हटाउन वर्तमान गठबन्धन फलदायी बत्रे भत्रुभयो ।
मुख्यमन्त्री कार्कीले सरकार अस्थिर हुँदा जनतामा नैरश्यता बढ्ने भएकाले मुलुक र जनताको आवश्यकता र चाहना पूरा गर्न बनेको यो सरकारलाई सबै राजनीतिक दलले विश्वासको मत दिन आग्रह गर्नुभयो ।
उहाँले नेपाली जनताको चाहना सुखी नेपाली र समृद्ध नेपाल जस्तो महान संकल्प पूरा गर्न राजनीतिक स्थिरता नै आवश्यक भएको चर्चा गर्दै उहाँले भत्रुभयो, ‘ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपालको संविधानको सबै भन्दा सुन्दर पक्ष हो त्यसैले यसको रक्षा गर्न सबै दायित्व छ ।’
विश्वासको मतको प्रस्ताव पछि छलफलमा सहभागि हुँदै नेकपा एमले संसदीय दलका उपनेता तिलकुमार म्याङ्बोले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि यो गठबन्धन बनेको जिकिर गर्दै सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।
उहाँले समाज परिवर्तनको गतिलाई कसैले पनि रोक्न नसकिने भन्दै सबै दलले मिलेर मुलुकको समस्या समाधानमा लाग्नु पर्ने सुझाव दिनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले आफ्नो पार्टीले यो सरकारलाई विश्वासको मत दिने जाहेर गर्दै आर्थिक शिथिलता र भ्रष्टाचार हटाई सुशासन र समृद्धिको बाटो पहिल्याउन यो सरकारलाई विश्वासको मत दिन सबै दललाई आग्रह गर्नुभयो ।
सो छलफलमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र संसदीय दलका तर्फबाट गणेश उप्रेतीले सरकारको स्वस्थ आलोचना गर्दै विश्वासको मत नदिने भत्रुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत) समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्त्ति सिटौलाले वर्तमान सरकार अप्राकृतिक रहेको र विनाउद्देश्य रातारात एउटा गठबन्धनलाई तोडर अर्को गठबन्धन बनाई सरकार बनाएकाले विश्वासको वातावरण सिर्जना नभएकाले विश्वासको मत नदिने जगजाहेर गर्नुभयो ।
राप्रपाका नेता सिटौलाले विपक्षमा मत प्रकट गर्ने घोषणा गर्नुभयो भने समाजवादीका नेता राईले आफ्नो पार्टीले पक्ष र विपक्ष दुबैमा मत प्रकट नगर्ने घोषणा गर्नुभयो ।
छलफल पछि मुख्यमन्त्री कार्कीले आर्थिक शिथिलता र भ्रष्टाचारका कारण जनतामा व्यापक नैरश्यता बढेकाले जनताका समस्या र निराशालाई पार लगाउन यो सरकार बनेको जिकिर गर्नुभयो ।
उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको पछिल्लो समीकरण सहमति, सहकार्य र एकताको महत्वपूर्ण उदाहरण हो भन्दै राजनीतिकको नेतृत्व धर्मबाट हुन नसक्ने कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीयताको सवालमा प्रदेश संरचना तीन तहकै सरकारभन्दा प्रदेश संरचना सबै भन्दा अब्बल रहेको चर्चा गर्दै अहिलेको व्यवस्थालाई चुनौति दिने कुनै व्यवस्था नभएको दाबी गर्नुभयो । प्रदेश सभाको अर्को बैठक असोज ४ गते दिउँसो १ बजे बस्नेछ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077