विराटनगर,१९असोज । स्टार वहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरले आफ्नो २७औं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । उक्त साधारण सभाको उद्घाटन प्रमुखअतिथि कोशीप्रदेशकाआन्तरिक मामिलातथाकानुनमन्त्रीलिलाबल्लभअधिकारीले गर्नु भएको थियो ।कार्यक्रममाबोल्दैउहाँले मुलुकको आर्थिक सम्बृद्धिका लागि सहकारीकोमहत्व रहेको कुरा बताउनु भयो । सहकारीकाबारेमा पछिल्लो समयमा अनेक नकरात्मक कुराहरु आइरहेकाले सबै सहकारी संस्थाहरु यसतर्फ सचेत हुनुपर्ने कुरा बताउदै उहांले समाज रुपान्तरणका लागि सहकारी कुशलमाध्यमहुन सक्छ भन्नु भयो ।
संस्थाकाअध्यक्ष रमेश प्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्नभएको उक्तकार्यक्रममाराष्ट्रिय सहकारी महासंघकी संचालक योगमाया सुवेदी, महेन्द्र मोरङ आदर्श बहुमुखीक्याम्पस, विराटनगरका क्याम्पस प्रमुखडा. रामवतार शरण, विराटनगर महानगर पालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालालकामत, वडा नं. १४ का वडाध्यक्ष सूर्यनारायण महत्तो, पूर्व माननीयबसन्ती देवीयादव, लेखा समितिका संयोजक रवि रोक्का, संचालक सूर्यनारायण यादवलगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा स्व. ओम प्रकाशगोयल–स्टार छात्रवृत्तिअन्तर्गत ११ जनाबिभिन्न सरकारी विद्यालयवाट यस बर्ष एसइइ उत्तिर्ण विधार्थीहरुलाई जनही७हजारका दरले छात्रवृत्तिवितरण गरिएको थियो । साथै बेनु ÷सीता देवी, पर्शुराम प्रसार्ई–स्टार अक्षय कोषबाट विराटेश्वर बृद्ध आश्रमको भवननिर्माण कार्यका लागिआवश्यक ३० बोरा सिमेन्ट वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष रमेश प्रसाद पोखरेलले संस्थामाहाल ४ करोड १०लाख७ हजार शेयर पूँजी रहेको र संस्थामाअषाढ मसान्त सम्ममा२ हजार ४ सय ९६ जना शेयर सदस्य रहेका, संस्थाको निक्षेप ३३ करोड ९४ लाख, सदस्यहरु बिच ३३ करोड ३३ लाखकर्जा लगानिरहेको बताउनु भयो ।