यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता विराटनगरमा

Logo
Nav Nepal शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर, ९ कात्तिक ः कोशी प्रादेशिक क्रिकेट संघद्वारा कात्तिक १० गते(भोलि)देखि विराटनगरमा नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा सात प्रदेशको सहभागिता हुने जनाइएको छ ।
संघका कोशी अध्यक्ष सर्वजितराज पाण्डेले प्रतियोगिता विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय रंगशाला र विराटनगर–६ स्थित मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा राउण्ड रोविनको आधारमा खेल हुने छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख ,दोस्रो हुने टीमलाई रु एक लाख,बेष्ट बलर र बेष्ट व्याट्स म्यानलाई रु २०ः२० हजार,प्ले आफ टुर्नामेन्टलाई रु ३५ हजार र म्यान अफ दि म्याचलाई रु तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता ५० ओभरको हुने छ भने फाइनल खेल कात्तिक २१ गते हुने संघका सचिव टिका पुरीले जानकारी दिन् भयो ।
कोशी प्रदेशमा क्रिकेट खेलको स्तरवृद्धि तथा युवाहरुलाई यसप्रति आकर्षण जगाउन विराटनगरमा प्रतियोगिताको आयोजना गरिएको नेपाल क्रिकेट संघका प्रतिनिधि प्रवल गौतमले बताउन् भयो ।
प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ९० लाख ९६ हजार खर्च हुने अनुमानित गरिएको छ।
प्रतियोगिताको भोलिको उद्घाटन खेल कोशी र मधेश प्रदेश बीच हुने सघले जनाएको छ

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077