विराटनगर, १४ कात्तिक ः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले संविधानको संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ ।
विराटनगर विमान स्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा उहाँले संविधान संशोधन कुनकुन विषयमा गर्ने त्यससम्बन्धमा बृहत छलफल गरेर प्रक्रियागत गर्ने कुरामा जोड दिनुभयो ।
उहाँले सरकार आग्रह वा पूर्वाग्रही नभएर सूर्य थापाको समितिको प्रतिवेदन अनुसार पूर्वगृहमन्त्री रवि लामिछाने कारवाहीमा परेको बताउँदै मीनबहादुर गुरुङ सुरुदेखि पार्टीमा आवद्ध रहि विभित्र आन्दोलन काम गरेको जानकारी दिनुभयो ।
उहाँले पारदर्शी ढङ्गले स्वविवेक पार्टीलाई जग्गा दान दिनु भएको चर्चा गर्दै जसले गल्ति गर्छ उसले दण्ड र सजायको भागिदार बत्रे बताउनुभयो ।
उपाध्यक्ष पोखरेलले भत्रुभयो, ‘ संविधानको संशोधन लोकतन्त्रलाई सुदृढीकरणको लागि हुन्छ ।’
मुलुक अप्ठ्यारो अवस्था तथा चरम शंकटमा पुग्दा वर्तमान गठबन्धन बनेको बताउँदै सरकारले तीव्र गतिमा विकास र जनताको काम लाग्नु पर्ने सुझाव दिनुभयो ।–––