एमाले र नेकां बीच मुलुकमा स्थायीत्व ल्याउन गठबन्धन गरिएको –एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

Logo
Nav Nepal बुधबार, कार्तिक १४, २०८१

 

विराटनगर, १४ कात्तिक ः पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकको स्थायीत्वका लागि नेपाली कांग्रेस र एमालेको वीचमा गठबन्धन गरिएको बताउनु भएको छ ।
नेकपा एमाले मोरङ कमिटीद्वारा आज पार्टी कार्यालय विराटनगर¬–११ पाञ्चालीमा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले मुलुकलाई थप संकटमा फस्न नदिनका लागि दुई ठुला पार्टीहरु मिलेर सरकार गठन गरिएको प्रष्ट पार्नु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नु भयो ‘ एमाले र नेकां वीचको सहकार्य राष्ट्रलाई संकट पर्दा विगतमा हुने गरेको इतिहासमा रहेको छ ’।
उहाँले नेपाली कांग्रेस र एमालेवीच मुख्यगरि विस २०३६, ०४६, ०६२ र संविधान जारी गर्दा सहकार्य भएको छ भने दुई पार्टीवीचको सहकार्य आगामी २०८४ सम्म जारी रहने छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो,‘ आगामी विस २०८४ को निर्वाचनमा दुई पार्टी एक्ला एक्लै लड्ने छ’।
नेकपा एमालेको यात्रामा आउने गरेको हरेक चुनौतीलाई पार लगाउँदै दह्रो साथअघि बढ्ने गरेको उहाँको भनाई रहेको छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले एमाले नेतृत्वमा रहको वर्तमान गठबन्धन सरकारले जनताको जीवन स्तर वृद्धि गर्नुका साथै मुलुकमा समृद्धि ल्याउने विचार व्यक्त्त गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077