विराटनगर,१४ कात्तिक ः प्रेस चौतारी नेपाल मोरङ कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी बाबुराम भण्डारीलाई प्रदान गरिएको छ।
चौतारीद्वारा चाडपर्वको अवसरमा यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार भण्डारीलाई रु १५ हजार ५०० सहित पुरस्कृत गरिएको छ।
नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले पुरस्कार प्रदान गर्दै सङ्घीयता कार्यान्वयनमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
उहाँले वर्तमान नेकपा एमाले र नेकांका गठनबन्धन सरकारले मुलुकमा राजनैतिक स्थायित्व कायम गर्नुका साथै आर्थिक चलायमान गराउन सफल हुने धारणा राख्नु भयो
।
चौतारीका मोरङ अध्यक्ष सुदिप कोइराला, नेपाल पत्रकार महासङ्घ कोशीका सभापति लिलावल्लभ घिमिरे, पूर्व सभापति विक्रम लुइँटेल लगायतले पत्रकारहरुले सत्य तथ्यका आधारमा समाजमा समाचार पस्कनु पर्ने विचार राख्नु भयो ।–––