वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम र कर्णालीलाई सफलता

Logo
Nav Nepal मंगलबार, कार्तिक २०, २०८१

विराटनगर, १९ कात्तिक ः विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाई १३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए ।

१३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सवै विकेट गुमाई ८६ रनमा सीमित हुन पुग्यो । मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए । कर्णालीले खेलेको ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेशले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सुदूरसँग कोशी प्रदेशले १२३ रनको लज्जास्पद पराजित भोगेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सबै विकेट गु्माई १८३ रन बनायो । सुदूरका सुवराज खत्रीले ४४ रन बनाउँदा अविशेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।

१८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो । कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए । सुदूरले सबै ५ खेल खेल्दै ५ मा जित हात पार्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेकोे छ ।

मंगलबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077