राजिनामा–मन्त्री अधिकारी

Logo
Nav Nepal बुधबार, कार्तिक २१, २०८१

विराटनगर, २१ कात्तिक ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले आफ्ना पदबाट आज राजिनामा दिनुभएको छ ।
केही दिन पहिले प्रदेश सरकारको स्वीकृति बेगर देश बाहिर जानु भएको मन्त्री अधिकारीको विषयमा नकारात्मक आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।
उहाँ २०८१ साल जेठ ४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेबारी पाउनु भएको थियो । मन्त्रालयमा रहँदा उहाँ केही रचनात्मक काम गर्नु भएको थियो भने उहाँलाई मन्त्रालयमा रहँदा सहयोग गर्ने सबै कर्मचारीहरुलाई धन्यावाद दिनुभएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077