‘छठ’ पर्वको शुभकामना ः मुख्यमन्त्री कार्की

Logo
Nav Nepal बिहिबार, कार्तिक २२, २०८१

विराटनगर, २२ कात्तिक ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘छठ’ पर्वको अवसरमा देश तथा देश बाहिर रहनु भएका समस्त नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने भन्दै बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले भत्रुभयो ,‘ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न ‘छठ’ पर्वका माध्यमबाट प्रेरणा मिल्नेछ भत्रे अपेक्षा गरेको छु ।’
अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने ‘छठ’ पर्व महत्वपूर्ण मौलिक पर्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ हर्षोल्लासका साथ धुमधामसँग मनाइने यस पर्वले धर्म, संस्कृति एव¬¬ं रीतिरिवाजको संरक्षण गर्दै हामीबीचको आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको छ ।’
‘छठ’ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
सबै प्राणीहरुमा बिना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको पूजा आरधना गर्दै ‘छठ’ पर्व मनाइन्छ । आज ‘छठ’ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसि भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077