विराटनगर, २२ कात्तिक ः ‘छठ’पर्वको तेस्रो दिन आज साँझमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अध्र्य छन् ।
विराटनगर महानगरपालिका भएर वग्ने सिंघिया , केशलिया नदी र सुनसरी मोरङ सिंचाई आयोजनाको नहरको दुवैतर्फ ब्रतालुहरु सूर्य भगवानको पूजा आरधना गरिरहेका छन् ।
नदी तथा नहरमा विभिन्न ध्वजापाता, रङगीचङगी विद्युतीय बल र केराको थम्वाले सजाइएको छ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत रूपमा आरम्भ हुन्छ ।
पहिलो दिन नुहावो खाओ, दोस्रो दिन खर्ना , तेस्रो दिन अस्थाउँदो सूर्यलाई अध्र्य र चौथो दिन उदाउँदो सूर्यलाई अध्र्य दिएर यो पर्व सम्पन्न हुने छ ।
ब्रतालुहरुले पर्वका लागि चाहिने सामग्री ठेकुवा,हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे,उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट व्यवस्था गरेका छन् भने पूजाको क्रममा लागि बर्तालु एवं श्रद्धालुले बाँसका सामग्री कोनिया, ढाकी र नाङ्लोमा प्रसाद राखि भगवानलाई अपर्ण गर्न राखिएको छ।
यस पर्वमा ठकुवा, भुसुना, घीउमा तयार पारेका अन्य मिठाई प्रसादको रुपमा भगवानलाई अपूर्ण गरिनुका साथै छिमेकीहरुलाई वितरण गरिने गरिएको छ ।
छठ पर्वले सामाजिक सदभाव, शुद्धता, मुलुकमा शान्ति कायम र परिवारको सुखशान्तिको लागि मनाइने गरेको ब्रतालुहरुको भनाई रहेको छ ।
शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व सम्पन्न हुने छ।
यो ‘पर्व’ को रौनक एवं चमक हेर्न आज साँझ भोलि(शुक्रबार) विहान हजारौँ श्रद्धालुहरुको घाटमा उपस्थित हुने गर्दछन् ।
कोशी प्रदेश सरकारले यो पर्वका लागि भोलि (शुक्रवार )सार्वजनिक बिदा दिएको छ ।(फोटो र भिडियो उपलव्ध छ)मनोज दाहाल÷९८४२०२००७७–––