पूर्वमन्त्री अधिकारीले जापान भ्रमण कानुनी प्रकिया नपु¥याएर त्रुटि गर्नु भएको हो –मुख्यमन्त्री कार्की

Logo
Nav Nepal शुक्रबार, कार्तिक २३, २०८१

विराटनगर,२३ कात्तिक ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जापान भ्रमण कानुनी प्रकिया नपु¥याएर त्रुटी गर्नु भएको बताउनु भएको छ।
काठमाण्डौंबाट आज साँझ विराटनगर आउँदा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पूर्वमन्त्री अधिकारीसँग जापानबाट फर्केर आएपछि सम्वाद पछि राजीनामा दिनु भएको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्कीले पूर्वमन्त्री अधिकारीले विदेश भ्रमणको निम्ता आएपछि सरकारमा विधि सम्वदले प्रस्ताव लगि केन्द्रमा पठाउनु पर्नेमा नगर्नु भएकोले त्रुटि भएकोले मन्त्री पदबाट राजीनामा दिनु भएको बताउनु भयो ।
उहाँले सार्वजनिक मिडिया पूर्व मन्त्री अधिकारीका समन्धमा कुरा उठे पछि पार्टीको अनुशासन समितिले आवश्यक छानविन गर्ने विचार व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले पूर्व मन्त्री अधिकारीले जापानको भीजा लागेपछि आफुलाई भनेको तर जान मिल्दैन भनेको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो – अनुसन्धान अनुसार नेपालको कानुनले जे देख्छ त्यस अनुसार कारवाही गर्ने छ ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –प्रदेश सरकारको आचार संहिता छ, त्यो उल्लङघन भएकोमा चिन्ता व्यक्त्त गर्दै त्यसलाई सबैले पालना गर्नुपर्छ ।
फरक प्रसङ्गगमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा खाली रहेको दुई मन्त्री पद समयक्रममा नियुक्ति गरिने जानकारी दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077