राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना –मुख्यमन्त्री कार्की

Logo
Nav Nepal आइतबार, कार्तिक २५, २०८१

विराटनगर, २५ कात्तिक ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न सकिने बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान समाज सुधारक महागुरु फाल्गुनन्दले देखाउनु भएको सत्मार्गको पालनमा जोड दिनुभएको हो ।
मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने प्रेम र अहिंसाका प्रतीक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ । ’ मुख्यमन्त्री कार्कीले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाइ अगाडि बढाउन सकिनेमा जोड दिनुभएको छ ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको विसं १९४२ मा कोशी प्रदेशको इलाममा जन्म भएको थियो । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । कोशी प्रदेश सरकारले उहाँको जन्मजयन्तीको दिनमा सार्बजनिक बिदा समेत दिदै आएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077