विज्ञान प्रदर्शनी आयोजना

Logo
Nav Nepal आइतबार, फाल्गुण ०६, २०८०
विराटनगर,६ फागुन ः विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आज यहाँ आयोजना गरेको छ ।
विराटनगरस्थित आदर्श माविमा आयोजित एक दिने प्रदर्शनीमा नगर क्षेत्रका ३५ वटा विद्यालयका कक्षा नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको  सहभागिता  रहेका छन् ।
महानगर प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो ।
महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै उहाँले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गर्नुभयो ।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूर्ण कार्य गरेको  धारणा राख्नु भयो ।
महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, नगर अध्यक्ष मोहन बुढाथोकीले प्रदेर्शनीबाट विद्यार्थीहरुमा अनुसन्धानप्रति चाहना जगाउने विश्वास राख्नु भयो ।
प्रदर्शनीमा प्रथमले रु १०, द्वितीयले सात, तृतीयले पाँच  र चौथो हुनेले तीन  हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधालाई समेत पुस्तकृत गरिने छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077