प्यारागन स्कुल नयाँ व्यव्स्थापनमा

Logo
Nav Nepal सोमबार, मंसिर ०३, २०८१

 

विराटनगर । विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने प्यारागन एकेडेमी बोर्डिङ स्कुल नयाँ सञ्चालकहरुको स्वमित्वमा सञ्चालन हुने भएको छ ।

 

विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका शिक्षकहरुको समूह नयाँ व्यवस्थापनमा आएकाले विराटनगरको उत्तरी क्षेत्र,बुढिगङ्गा र ग्रामथान क्षेत्रका विद्याथी र अभिभावक लाभान्वित हुने नव युक्त प्रिन्सिपल शंकर काफ्ले बताए ।

 

स्कुल व्यवस्थापन समितको अध्यक्षमा डा. रीति साहरहेका छन् भने सञ्चालक सदस्यमा रुपा झा, स्वेता सिंह, होमा बस्नेत, मालता अधिकारी, श्रीषा लुइटेल, बिद्या भट्टराई, प्रशान्त पौडेल, खगेन्द्र पौडेल र आइसा दाहाललगायत रहेका छन् ।

एक कार्यक्रमका विच पूर्व अध्यक्ष तथा प्रिन्सिपल दिपकप्रसाद घिमिरेबाट विद्यालयको प्रगतिको कामनासहित नयाँ टिमलाई विद्यालय हस्तान्तरण गरे । शिक्षा र स्वास्थ्य दुवैलाई जोड्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने आधुनिक शिक्षामा जोड दिने अध्यक्ष डा.साहले बताए । यसैगरी प्रिन्सिपल काफ्लेले पूर्ण रुपमा मन्टेश्वरी,बालमैत्री वातावरण ,गुणस्तरीय शिक्षा साथै सिप संस्कारसहितको शिक्षा प्रदान गरिने बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077