विराटनगर, ९ मङसिर ः सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीमा विलय नहुने बताउनु भएको छ।
विराटनगर–९ मा पार्टीकोे जिल्ला कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गाँउगाउँ, टोलमा संगठन विस्तार कार्यमा सबै सदस्यहरुलाई क्रियाशिल हुन आग्रह समेत गर्नु भयो ।
पार्टीको उपमहासचिव समेत रहनु भएका मन्त्री यादवले आगामी तीन बर्षभित्र मुलुकको मुख्य पार्टीको रुपमा निर्माण गर्ने विश्वास दिलाउनु भयो ।
उहाँले तराई मधेशबाट प्रतिनिधित्व गर्ने अन्य पार्टी( उपेन्द्र यादव)को वाहकेका एउटा मोर्चा गठनको निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै चाँडै सार्वजनिक गर्ने बताउनु भयो ।
मन्त्री यादवले पार्टी गठनको छ महिनाको छोटो अवधिमा विभिन्न वाधाव्यधानलाई चिर्दै जिल्ला ÷जिल्लामा पार्टीलाई शक्तिशाली बनाउन लागि परेको विचार राख्नु भयो ।
पार्टीका कोशी प्रदेश उपाध्यक्ष केशब गुरुङ र जिल्ला अध्यक्ष मोहम्मद नसरुलले प्रदेश तथा जिल्लामा पार्टीको संगठन विस्तार एवं जनताको पार्टीप्रति आकर्षण वढेको विचार राख्नु भयो ।