विराटनगर, १२ मङसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपदको पूर्व तयारीले जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनु भएको छ।
मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा शसस्त्र प्रहरी बल वराह वाहिनी पकली सुनसरीका प्रम्ख शुम्भ सुवेदीलाई अग्नी नियन्त्रणका लागि रु १७ लाख १७ हजार ८२० मूल्य बरावरको सात प्रकारका हस्तान्तरण गर्दै सो कुरा बताउनु भएको छ।
उहाँले विपदको पूर्व तयारीबाट दुर्गम स्थानमा विपदका घटनाका नियन्त्रणमा सहयोग पुगी जनधनको क्षति रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्की विपद नियन्त्रणमा जनताको आम सहभागिता गराउन सरकार क्रियाशिल रहेको धारणा राख्नु भयो ।
उहाँले पहिरो र वाढी आउने स्थानमा स्थानीय पालिकाको सहयोगमा आगामी जेठ महिना अगाडि वस्ती सार्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले यस वर्ष वर्षा,वाढी र पहिरो ज्यादै आएकोले तराईमा शित लहर आउने सम्भावना भएकोले त्यसको तयारी गर्न मन्त्रालयलाई निर्देशन समेत दिनु भयो ।
उहाँले सडक दुर्घटनावाट ठूलो मानवीय एवं भौतिक क्षति भैरहेकोलेले यसलाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वय हुन् पर्ने सुझाव दिनु भयो ।
वराह वाहिनी सुनसरीका प्रमुख सुवेदीले प्राप्त सामग्रीले अग्नी नियन्त्रणमा सहयोग पुग्ने विचार राख्नु भयो ।
मन्त्रालयका निमित्त सचिव कमल थापाले यही वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरी एक करोड पचास लाख ÷एक करोड पचास लाखका विपद व्यवस्थानका सामग्री उपलव्ध गराउने जानकारी दिनु भयो ।