ग्रामथानमा ७१.३३ प्रतिशत मतदान– आज रातिदेखि मतगणना हुने

Logo
Nav Nepal आइतबार, मंसिर १६, २०८१

 

विराटनगर,१६ मंसिर ः मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा आज सम्पन्न भएको उपनिर्वाचनमा ७१ दशमलव ३३ प्रतिशत मतदान भएको छ ।
मतदानमा १८ हजार ५७८ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनु भयो ।
मतदान गर्ने मध्ये नौ हजार १२ महिला र आठ हजार ९६६ पुरुष रहेको उहाँले बताउनु भयो ।
ग्रामथानका १२ मतदान स्थलका २९ मतदान केन्द्र मध्ये ग्रामथान –१ को वेगनलाल आधारभुत विद्यालय मतदान केन्द्रमा सवैभन्दा बढी मतदान भएको छ ।
सो केन्द्रमा ७७७ मतदाता रहेकोमा ६१२ अर्थात ७८ दशमलव ७६ प्रतिशत मतदान भएको छ भने सवैभन्दा कम वडा नंं ६ को पब्लिक मावि रविहाट केन्द्रका तीन हजार ७५५ मतदाता मध्ये दुइ हजार ५३३ मतदाताले मतदान गरेका छन् ।
पव्लिक मावि मतदानस्थलमा रहेको चार वटा मतदान केन्द्रबाट ६७ दशमलव ४६ प्रतिशत मतदान भएको छ ।
यसैगरी ग्रामथान –१ को वीरेन्द्र मावि लखन्तरी मतदान स्थलमा ७८.११ प्रतिशत, सरस्वती मावि झोराहाट मतदान स्थलमा ७०.१३ प्रतिशत , वडा नं २ कार्यालय मतदानलस्थलमा ७३ दशमलव ४१ प्रतिशत, वाणी मावि सिद्राहा मतदान स्थलमा ७४.८५ प्रतिशत, राधाकृष्ण आधारभुत विद्यालय भौंसावाडी मतदान स्थल ७९.२३ प्रतिशत, लोहोन्द्रा आधारभुत विद्यालय मोतिपुर मतदानस्थलमा ६७.२८ प्रतिशत मतदान भएको छ।
यसैगरी महेन्द्र मावि लोहासुर मतदानस्थलमा ७४.२४ प्रतिशत, देवी मावि तेतरिया मतदान स्थलमा ६८.२७ प्रतिशत, गणेश मावि धोवियारे मतदान स्थलमा ६८.९५ प्रतिशत र सरस्वती आधारतभुत विद्यालय वनिगामा मतदान स्थलमा ६८.२८ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ग्रामथानको अध्यक्ष पदमा १५ राजनीति दल र एक स्वतन्त्र गरि १६ जना प्रतिष्पर्धामा छन् ।
अध्यक्ष पदको आज सम्पन्न निर्वाचनको मतगणना वेलुकी १० बजेदेखि शुरु गर्ने सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनु भयो ।
अहिले मतपेटिका सकलनको काम भईरहेको र मतगणनास्थल गाउँपालिका कार्यालय तेतरियामा मतपेटिकाहरु आईसकेपछि सर्वदलिय बैठक गरेर आजै रातीदेखि मतगणनाको तयारी गरिएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077