विराटनगर,१८ मङ्ग्सिर । बैदेशिक रोजगारमा गएका श्रमिकको क्षेत्रमा काम गर्ने नेपाल सरकारको आधिकारीक निकाय वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रेहका श्रमिकका परिवारसँग पनि अन्तरक्रिया तथा छलफल थालेको छ । सो कार्यक्रम अन्र्तगत मंगलवार बाट ३ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम विराटनगरमा शुरु भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार तथा आफन्तजनहरु को सहभागिता रहको छ ।
नेपालमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई समस्या परेको बेला नेपाल सरकारको कुन निकायमा सम्पर्ग गर्ने भन्ने बिषयमा नेपालका ग्रामिण क्षेत्रमा रहेका युवाहरु तथा कतिपय पालिकाहरु पनि अलमलमा परेकोले त्यस सम्बन्धमा नेपालमा भएका श्रमिकका आफन्त तथा परिवारलाई पनि जानकारी गराउने उदेश्यले रोजगार बोर्डले गत आर्थिक बर्षदेखि देशका विभिन्न स्थानमा गएर यस्ता कार्यक्रमहरुको आयोजना गर्न थालेको बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारमा जाने युवाहरुलाई कुनै समस्या परेमा, झुटा मुद्धा लागेमा ,दुर्घटना बाट घाइते अपाङ्ग भएमा रोजगार बोर्डले सहयोग गर्ने तथा कुनै कारणले मृत्यु भएको अवस्थामा सव ब्यवस्थापन देखि राहत उपलब्ध गराउने सम्मका कामहरु गर्ने उप्रेतीले बताउनुभयो । यस्तै उहाँले युवाहरुलाई वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको सिप सिकेर मात्र जान आग्रह गर्नु भयो । वैदेशिक रोजगार बाट फर्केर आएका युवाहरुलाई उताबाट ल्याएको सिप,पुँजी तथा प्रवीधीको प्रयोग गर्दै स्वदेशमै स्वरोजगार तथा उद्यमी बन्नको लागि वैदेशिक रोजगार बोर्डले विभिन्न सिपमुलक तालिम दिने गरेका उप्रेतीको भनाइ छ । यस बर्ष मात्रै ५ हजार युवालाई विभिन्न सिपमुलक तालिम दिन लागिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले नेपालबाट केहि सिप सिकेर वैदेशिक रोजगारीमा गएका युवाहरुले राम्रो आम्दानी गरीरहेको बताउँदै घर परिवार बाट पनि आफन्त,छोरा÷छोरी लाई सिप सिकेरमात्र पठाउन आग्रह गर्नुभयो । तीन दिन सम्म सञ्चालन हुने अन्र्तक्रिया कार्यक्रमबाट आएका सुझावहरुलाई कार्यन्वयन गर्न वोर्डले नेपाल सरकार समक्ष कार्यन्वयनको लागि सिफारीश गर्नेछ । –––