मुलुकमा राजनीतिक स्थायीत्व कायम गठबन्धन सरकार निर्माण भएको –नेकां नेता डा कोइराला

Logo
Nav Nepal मंगलबार, मंसिर १८, २०८१

विराटनगर,१८ मङ्सिर ःनेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनु भएको छ।
नेपाली कांग्रेस १७ पालिका समिति मोरङद्वारा आज विराटनगरको जैन भवनमा आयोजित नेकां प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई ठूला दल नेकां र एमालेबीच मुलुकमा पारदर्शी, सुशासन,संविधानमा सुधार र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको प्रष्ट पार्नु भयो ।
नेता डा कोइरालाले भन्नु भयो ‘ वर्तमान सरकारलाई असफल हुने कुनै छुट पटक्के छैन भन्दै यो सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास रहेको छ ’।
उहाँले पार्टी भित्र कुनै गुट उपगुट नभनी नेकांलाई सही गन्तव्य पु¥याउन प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।
नेता डा कोइालाले पालिका सभापतिलाई अधिकार दिई संगठन वलियो बनाउने कार्यमा आफु लाग्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले वडा देखि केन्द्रसम्म नेकांले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक वहस र छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले नेकांभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गर्नु भयो ।
प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी संगठनलाई बलियो बनाउन र जनताको भाग्य परिवर्तन गर्न डा कोइरालाको नेतृत्व आवश्यक भएको चर्चा गर्नु भयो ।
कार्यक्रममा नेकां केन्द्रीय सदस्यहरु किरण यादव सरीता प्रसाई,रुक्मणी कोइराला,डा चन्द्रमोहन यादव विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेकां महानगर सभापति दिपक चापागाई, राजीव कोइराला,सुनसरी सभापति केदार भण्डारी, भोजपुर जिल्ला सभापति विनोद वान्तवा लगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी संगठनलाई वलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रदेशका ११३ पालिकाका सभापतिहरुको सहभागिता रहेको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077