विराटनगर,२३ मङ्सिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकासबाट मुलुकको कायापलट हुने बताउने भएको छ ।
प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित पदमार्ग आधारित पर्यटन विकास परियोजना शुभारम्भ गर्दै उहाँले परियोजनाले पहाडी भेगमा पूर्वाधार निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्यमा पहुँच पुग्नुका साथै बसाइसराईको अन्त्य समेत हुने धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले नेपालको विकास र समृद्धिका लागि पहिलो नम्बरमा पर्यटन भएको उद्घोष गर्दै प्रदेशले आव २०८१÷८२ को नीति तथा कार्यक्रम एवं बजेटमा यस क्षेत्रको विकासलाई समावेश गरेको छ जानकारी दिनु भयो ।
उहाँले प्रदेशमा शुभारम्भ गरिएको चारबटा पदमार्गको आगामी २०८५ साउनमा सम्पन्न हुने वताउँदै यो पदमार्ग मुलुक ,प्रदेश र पालिकाकाको लागि ‘गेम चेङिजङ’ हुने विश्वास जनाउनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –‘आर्थिक विकास, पहिचान ,सामथ्र्य र नेपाललाई विश्वमा पहिचान स्थापित गराउने एक मात्र क्षेत्र पर्यटन रहेको छ ’।
उहाँले प्रदेशमा विभिन्न नाममा गरिने विरोध, बन्द,हडताल आदिलाई रोकेमा आगामी पाँच वर्षभित्र प्रदेशले ठूलो आर्थिक समृद्धि हासिल गर्ने दावी समेत गर्नु भयो ।
प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पदमार्ग परियोजनाले पर्यटन व्यवसाय प्रवद्र्धन हुुनका साथै यस क्षेत्रका विपन्न जनतालाई रोजगार उपलव्ध हुने धारणा राख्नुभयो ।
नेपालका लागि स्विजट्जरल्याण्डकी राजदूत डा डानियेल म्युवलीले संविधान र सङ्घीयताको सफल कार्यान्वयनमा सधै साथ र सहयोग रहने बताउनु भयो ।
उहाँले यस परियोजनावाट २९ पालिकाको विकास एवं यस क्षेत्रका नागरिकहरुको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरे र फिदिम नगरपालिकाका प्रम्ख नेत्र प्रसाद काफेलेले पदमार्गलेबाट यसक्षेत्रमा आर्थिक उत्थान , रोजगारी र विकासको पहुँच पुग्ने धारणा राख्नु भयो ।
कार्यक्रम संयोजक डा मानबहादुर विश्वकर्माले कोशी प्रदेश पदमार्ग आधारित पर्यटनको सन्दर्भ र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा प्रदेश सरकार, स्विस सरकार र प्रदेशका २९ पालिकाकाका प्रमुख, उपप्रमुख एवं कार्यकारी अधिकृतहरुसँग त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।
प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो ।
स्वीस सरकारको रु एक अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको रु ४५ करोड ८७ लाख, प्रदेश २९ वटा स्थानीय तहको रु ४४ करोड ६७ लाख र नेपाल सरकारको रु १९ करोड ९२ लाख गरेर परियोजनाको लागत रु २ अर्ब ४५ करोड ६१ लाख रहेको छ ।
यो परियोजना अन्र्तगत चियाबारी पदमार्ग (इलाम, फिक्कल र श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग ( फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी र इलाम ) लालीगुराँस पदमार्ग ( तुम्लिङटार, खादबारी , नुम गुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे र मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी र मयुङ्डाँडा) रहेका छन् ।
यो पदमार्ग परियोजनाले प्रदेशको सम्वृद्धि र विकासका लागि सहयोग पुग्ने मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो ।
स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।