विराटनगर ,६ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ध्यान योगलाई विद्यालयस्तरमा जोड्नु पर्ने बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जिवन विज्ञान परिषद कोशीद्वारा सत्यनारायण उच्च माविको आयोजित विश्व ध्यान दिवसको सम्बन्धी कार्यक्रमको आज विहान उद्घाटन गर्दै उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरुलाई दैनिक आधा घण्टाको कार्यक्रमले उनीहरुमा अनुशासन कायम, स्वस्थ्य हुनुका साथै समाजलाई सही दिशातर्फ अगाडि वढाउन सहयोग पुग्ने विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई पालिकाका स्तरमा जनजनमा पु¥याउनु पर्नेमा जोड दिदै यसका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
उहाँले ध्यान मानवको जीवनको आवश्यक्ता भएकोले यसलाई अभिन्न अङ्ग बनाउनु पर्ने सुझाव दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विस २०८२ लाई पर्यटन बर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिना पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिहरु, कर्मचारीहरु सम्मिलित एक दिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिनु भयो ।
शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्वका सम्बन्धमा चर्चा गर्नु भएको थियो भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गर्नु भएको थियो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले शिविरमा ध्यानका विभिन्न कार्यक्रम गर्नु भएको थियो ।–––