विराटनगर, १० पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त्त हुनु पर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पदहस्तान्तरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको निर्वाचन खर्चिलो बत्र नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छात्रु एकदमै उचित हुने धारणा राख्नुभयो ।
उहाँले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारित क्षेत्र सत्य एवं तथ्यमा आधारिकत हुनु पर्छ भन्दै संविधानको सर्वोच्चता, मानअकिार, लोकतन्त्रका निम्ति नेपाली पत्रकारित एकजुट भएर लाग्नु पर्ने विचार राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउने जानकारी दिँदै पत्रकारहरुको वृति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीमा लगानी गर्ने जानकारी दिनुभयो ।
उहाँले विधि र प्रक्रिया मिचेर प्रदेश सरकार कुनै पनि काम नगर्ने भन्दै प्रदेश सरकार आफै लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउँदै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा रु ५० औँ अर्ब भित्रिने अनुमान गरिएको कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ प्रदेश सरकारले लागानी सम्मेलन पछि, पर्यटन वर्ष र अन्तर्राष्ट्रिय चिया सम्मेलन भव्यताका साथ सम्पत्र गर्न आवश्यका विधिकासाथ तयारी गरिरहेको छ ।’
कोशी प्रदेश सरकारले केही वर्ष पहिले नै पत्रकार उपचार कोषमा रु १० लाख जम्मा गरिसकेको जानकारी दिँदै चालु आर्थिक वर्षमा प्रदेशमा १७ दशमलव पाँच प्रतिशत आन्तरिक आय वृद्धि भएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य एवं रासस सञ्चालक समितिका सदस्य शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, पत्रकारहरु मोहन भण्डारी, नवराज कट्टेल, लीला बल्लभ घिमिरे, यज्ञ शर्माले पनि नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।–––