विराटनगर, १९
निजी विद्यालय संचालकहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अनुसार शिक्षा विधेयक ल्याउन माग गरेका छन् ।
विराटनगरमा आयोजना गरिएको निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशनमा सहभागि निजी विद्यालय संचालकहरुले निजी विद्यालयहरुलाई विना मुआब्जा ट्रष्टमा लैजाने कार्य आपत्तिजनक हुने भएकाले सरोकारवालाहरु संग छलफल गरेर मात्र शिक्षा ऐन संसोधन गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा राष्ट्रिय शिक्षा नीति बारे निजी विद्यालय संचालकहरु संग छलफल गर्न अनुरोध गर्दै नेपालको विद्यालय शिक्षा सुदृढिकरणमा निजी विद्यालयहरुको योगदानलाई कदर गर्न आग्रह गरेका छन् ।
सो कार्यक्रममा बोल्दै प्याब्सनका प्रमुख केन्द्रिय सल्लाहकार टिकाराम पुरीले विभिन्न आन्दोलनका नाममा स्वास्थ्य शिक्षा क्षेत्रलाई धराशायी बनाए जस्तै शिक्षा क्षेत्रलाई पनि धराशायी बनाउन लागिएको गुनासो व्यक्त गर्नुभयो । उहाँले शैक्षिक गुणस्तर सुधार र पाठ्यक्रम बारे सरकारले तत्काल गतिलो योजना नल्याए पढ्न कै लागि धेरै विद्यार्थीहरु विदेश भासिने बताउनु भयो ।
टिकाराम पुरी, प्रमुख केन्द्रिय सल्लाहकार, प्याब्सन ।
सो कार्यक्रममा शिक्षा क्षेत्रमा विशेष योगदान गरे वापत केशवमान सिंह सुवाललाई दर्ीघसेवा सम्मान, राजेश कुमार दासलाई दर्ीघसेवा पदक र नेपाल टेलिभिजनका मोरङ सम्वाददाता मोहन मानन्धरलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी शिक्षक शिक्षिका र फोर जिपिए ल्याउने विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।