विराटनगर , ६ माघ ः स्वच्छ गुणस्तरयुक्त खाद्य सामाग्रीमा नागरिकको सहज पहुँच हुनुपर्ने सरोकारवारवालाहरुले सुझाव दिनु भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डाँैद्वारा आज यहाँ आयोजित खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा सम्बन्धी सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले दुषित खाद्य पदार्थको प्रयोगले नागरिकको जनधनको क्षति हुनाले अनुगमनलाई विशेष जोड हुनुपर्ने सुझाव दिएका छन् ।
विभागका महानिर्देशक संजिवकुमार कर्णले ऐन पास भैसकेको अवस्थामा यही वर्ष नियमावलीलाई सहजरुपमा कार्यान्वयन गर्न अन्य प्रदेशबाट समेत सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको बताउनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नियमावलीको कार्यान्वयनले स्वच्छ खाद्य पदार्थ प्राप्त गर्न सहज हुने विचार राख्नु भयो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानन्द्रराज ढकालले स्वच्छ खाद्य पदार्थ पैठारीमा नियमावलीले सहयोग प¥याउने धारणा राख्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि क्याम्पस धरानकी सह प्राध्यापक विविता अधिकारी, डा धनबहादुर कार्की,उद्यमी पवन शारडा लगायतले स्वच्छ खाद्य नागरिकहरुलाई उपलव्ध गराउने किसिमको नियमावली निर्माण हुनुपर्ने सुझाव दिनुभयो ।
सो विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्रप्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रियामा विभागका कर्मचारी,विभिन्न उपभोक्ता सङ्घसंस्थाका प्रतिनिधि,उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।–––