ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

Logo
Nav Nepal शुक्रबार, चैत्र २८, २०८१

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ ।

कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक तथा हिसान परीक्षामा उत्कृट हुने कक्षा–१२ का विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको छ । कार्यक्रममा उपस्थित सवैलाई कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिनेश दाहाल, निर्देशक इश्वरी तथा शिक्षक भवानी दाहालले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । सोही अवसरमा कलेजबाट विदाई हुन लागेका विद्यार्थी समिक्षा दाहाल , प्रियंका उपाध्याय र शम्भु दाहालले कलेजमा वितेका दुई वर्षका अनुभव सुनाएका थिए ।

कलेजमा कक्षा ११ र १२ मा सात सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077