‘जलवायु परिवर्तनबाट हुने क्षति रोेक्न विद्यार्थीहरुको अनुसन्धान उपयोगी हुने ’

Logo
Nav Nepal शुक्रबार, चैत्र २८, २०८१

विराटनगर, २९ चैत ः जलबायु परिवर्तनबाट हुने क्षतिलाई न्यूनिकरण गर्न विद्यार्थीहरुको अनुसन्धान उपयोगी हुने छन् ।
शिक्षादिप कलेज विराटनगर–९द्वारा कक्षा ११ को जीव विज्ञान समूहका विद्यार्थीले जलवायु परिवर्तनका बर्तमान मुद्धाहरुबारे अनुसन्धान गरि समाधानको उपायहरु सुझाएका छन् ।
कलेजद्वारा आज यहाँ आयोजित जलबायु परिवर्तन वारे तेस्रो सम्मेलन –२०२५ मार्फत ‘ग्रहलाई सितल पार, हृदयलाई न्यानो पार’ भन्ने नाराका साथ जलबायु परिवर्तनको असर न्यूनिकरण गर्न आठ समूहले अनुसन्धान आज सार्वजनिक गरेका छन् ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सम्मेलनको उद्घाटन गर्दै समयको माग अनुशारको जलवायु परिवर्तनबारे विद्यार्थीले गरेको अनुसन्धानको प्रशंसा गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनको असरका कारण हाम्रा हिम श्रृङ्खला पग्लेर चट्टान बनिरहेको कार्यलाई रोक्न विद्यार्थीहरुको अनुसन्धान उपयोगी हुने विचार राख्नु भयो ।
कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जलवायु परिवर्तनले ल्याएका चुनौति र समाधानका उपायबारे विद्यार्थीका अनुसन्धान देशका लागि उपयोगी भएको धारणा राख्नु भयो।
कलेजका सञ्चालक रामचन्द्र अधिकारीले कलेज अनुसन्धानका आधारमा उत्कृष्ट रहेको बताउनुभयो ।
तेश्रो जलबायु परिवर्तन सम्मेलनका अवसरमा कलेजले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट दुई विद्यार्थीलाई सम्मानित गरेको छ ।
नेपाल राष्ट्र बैंक विराटनगरले आयोजना गरेको निवन्ध प्रतियोगितामा तेश्रो तथा ललितकला संगम विराटनगरले आयोजना गरेको चित्रकलामा सर्वोत्कृष्ट हुन सफल सिरिन भट्टराई र अपेक्षा राईलाई सम्मानित गरिएको थियो ।
कलेजमा ३२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।–––

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077