मुख्यमन्त्री कार्की ःताप्लेजुङ घटनामा चार जना निधन भएकोमा दुःख व्यक्त

Logo
Nav Nepal सोमबार, बैशाख ०८, २०८२

 

विराटनगर, ८ वैशाख ः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहान ताप्लेजुङमा सवारी साधनमा आगोलागि भई चार जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
उहाँले निधन हुनु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने क्रममा आज बिहान बिजुलीको तार झरेर सवारी साधनमा आगोलागि हुँदा चारजनाको निधन भएको थियो।
मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौँ लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिनुभएको छ।
उहाँले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077