वैश्य परिषदद्वारा सिलाई कटाई तालिम शुरु

Logo
Nav Nepal सोमबार, बैशाख १५, २०८२

विराटनगर १५ वैशाख । वैश्य सेवा परिषद नेपालद्वारा आयोजित एक महिने शिपमूलक सिलाई कटाई तालिमको आजदेखि विराटनगरमा शुभारम्भ गरेको छ ।
पिछडीएका तथा अन्य समुदायहरुको २० जना महिलालाई उक्त तालिममा सहभागी गराइएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ९ को सहयोगार्थमा उक्त तालीम सञ्चालिन भएको हो ।
वडा नं ९का अध्यक्ष विश्वनाथ प्रसाद भगतले तालिमको उद्घाटन गर्दै वैश्य परिषदले स्थापनाकाल देखि नै जनचेतना मूलक, शिप मूलक तथा सामाजिक गतिविधिहरुमा क्रियाशिल रहेको बताउनु भयो ।
राजनितिज्ञ तथा संस्थाका वरिष्ठ सल्लाहकार दिनेश शाह, नेपाल वैश्य समाजका अध्यक्ष राजेन्द्र गुप्ता, प्रशिक्षका चन्दा चौधरी समेतले शिपमूलक तािलमले सहभागीहरुको जीवनशैलीमा स्वआर्जन हुनुका साथै आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077